Main News

ढुंगेधारामा पानी खसालेर मेलम्चीको पानी उद्घाटन गरिँदै

हिमालय टिभी
२०७७ चैत २० गते ८:१९
ढुंगेधारामा पानी खसालेर मेलम्चीको पानी उद्घाटन गरिँदै

२० चैत २०७७ काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको आज औपचारिक उद्घाटन गरिँदैछ । काठमाडौंको भृकुटीमण्डपमा नवनिर्मित सार्वजनिक ढुंगेधारामा राष्ट्रपतिले पानी खसालेर उद्घाटन गर्नुहुने छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आज दिउँसो २ बजे मेलम्ची उद्घाटन गर्ने आयोजना कार्यन्वयन निर्देशनालयले जनाएको छ । उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने तय भएको छ ।

गत आइतबार काठमाडौंमा भित्रिएको मेलम्ची खानेपानीको औपचारिक उद्घाटन आज गर्न लागिएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डपमा ढुंगेधाराको टुटी खोलेर मेलम्ची उद्घाटन गर्नेछिन् ।

मेलम्ची खानेपानी आयोजनाअन्तर्गत निर्देशनालयले भृकुटीमण्डपमा बनाएका ढुंगेधारामा रहेको ३ वटा धारा खोलेर उद्घाटन गर्ने तयारी रहेको आयोजनाका प्रमुख कमलराज श्रेष्ठले जानकारी दिनुभयो ।

आजदेखि सर्वसाधारणले भृकुटीमण्डपमा रहेको सार्वजनिक ढुंगेधाराबाट पानी खान पाउनेछन् । काठमाडौं उपत्यकाका सर्वसाधरणले आइतबारदेखि नै मेलम्चीको पानी खान थालिसकेका छन् ।

हालसम्म महांकाल, मीनभवन र खुमलटारको ट्याङ्कीबाट एक दिन विराएर पानी पठाइएको छ भने अनामनगरको ८ सय घरमा भने २४ सै घण्टा पानी वितरण भइरहेको छ । आज बिहानदेखि बालाजु(सोह्रखुट्टे लगायतका स्थानमा पनि पानी वितरण थालिएको छ ।

हाल पुरानो पाइपलाइनबाट पानी वितरण भइरहेको आयोजनाले जनाएको छ । एक महिनासम्म पुरानो पाईपमा पानी पठाएपछि बैशाख १५ पछि नयाँ पाइपलाइनमा पानी पठाउने तयारी भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *