Main News

पूर्वप्रधानन्यायाधीश र संविधानविद् भन्छन्- संवैधानिक इजलासले गरिमा जोगाउन सकेन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत १९ गते २१:१८
पूर्वप्रधानन्यायाधीश र संविधानविद् भन्छन्- संवैधानिक इजलासले गरिमा जोगाउन सकेन (भिडियो रिपोर्टसहित)

१९ चैत २०७७ काठमाडौं । पूर्वप्रधानन्यायाधीश एवं संविधानविद्ले न्यायाधीशको भूमिकाका कारण स्वतन्त्र न्यायपालिकामाथि प्रश्न उठेको बताएका छन् । काठमाडौंमा आयोजित कार्यक्रममा उनीहरुले न्याय प्रक्रियामा ढिलाइ हुने प्रवृत्तिको पनि चर्को आलोचना गरेका छन् ।

नेपालको न्यायालयले फैसला गर्छ न्याय गर्दैन भन्ने सुनिन थालेको धेरै भयो । पछिल्लो समय त यो कुरा व्यवहारमै बाक्लो गरी देखिन थालेको छ ।

पूर्वप्रधानन्यायाधीश एवं संविधानविद्ले नै न्यायाधीशको भूमिकाका कारण स्वतन्त्र न्यायपालिका माथि प्रश्न उठेको धारणाा राख्न थालेका छन् । न्यायाधीश स्वतन्त्र हुन्छन भनिए पनि कतिपय जानिजानि परतन्त्रबाट प्रभावित हुने गरेको पूर्वप्रधानन्यायाधीश शुशिला कार्कीको टिप्पणी छ ।

संवैधानिक इजालासले आफ्नो गरिमा र औचित्यलाई कही कतै पनि प्रदर्शन गर्न नसकेको आवाज उठिरहेको छ । इजलासमा रहेका कतिपय संवेदनशिल मुद्दा लामो समयसम्म पनि सो(कज हुन नसक्नु यसैको उदाहरण हो । कतिसम्म दुर्भाग्यपूर्ण अवस्था छ भने संवेदनशिल मुद्दाको सो–कजका लागि पनि पाँच(छ वर्षसम्म पर्खिनु परिरहेको छ ।

जुन प्रधानन्यायाधीशले गलत गर्योव भनेर मुद्दा परेका छन सो–कज हुँदैन । त्यो मुद्दा प्रधानन्यायाधीशकै इजलासमा राखिनु र न्यायाधीश नबोल्नु विडम्बनापूर्ण अवस्था रहेको बरिष्ठ अधिवक्ता बताउँछन् । यस्तोमा न्यायाधीशलाई बाध्यताले श्रीमान बन्नु परे पनि श्रद्धाले शीर झुकाउनुपर्ने अवस्था छ ।

संवैधानिक इजलासले संविधानवादको बाटोमा हिडाउँछ भन्ने विश्वास धेरैले गुमाउँदै गएको कानुनुविद्को आरोप छ । अदालतले मुद्दाको गाम्भीर्यता हेरेर समयमै फैसला गर्न सकेको छैन् । समयमै फैसला गर्न नसक्ने अदालत किन चाहियो भन्ने प्रश्न पनि उठ् थालेको छ ।

सबैभन्दा स्वतन्त्र हुनुपर्ने न्यायालय नेपालमा भने जहिल्लै विवादमा पर्ने गरेको छ । यही कारणले होला न्यायालयको गरिमा उच्च बनाउन लाग्नुपर्ने पुर्व प्रधानन्यायाधीस र कानुनविद् नै अहिले आलोचनामा उत्रनु परेको छ । स्वतन्त्र न्यायालयका लागि पक्कै पनि यो सुखद होइन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *