न्यायाधीश सिफारिस चुडाल र सुवेदीविरुद्ध संसदीय समितिमा उजुरीको चाङ (भिडियो रिपोर्टसहित)

१९ चैत २०७७ काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित कुमार चुडाल र नहकुल सुवेदीका बारेमा संसदीय सुनुवाई विशेष समितिमा ७ वटा उजुरी परेको छ ।
संसदीय सुनुवाई समितिले उहाँहरुका बारेमा १० दिनभित्र उजुरी दिन सरकारी सञ्चार माध्यमबाट सूचना जारी गरेको थियो । यस अवधिमा सात वटा उजुरी परेको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।
समितिले ती उजुरी र प्रस्तावित न्यायाधीशहरुबाट प्राप्त कार्ययोजनाको प्रतिलिपि समेत सदस्यहरुलाई वितरण गरेको छ । समितिले चैत २२ गते उजुरीकर्तासँग र चैत २५ गते प्रस्तावित न्यायाधीशसँग सुनुवाई गर्ने निर्णय समेत गरेको छ ।
न्यायपरिषद्ले उच्च अदालत, पाटनका मुख्य न्यायाधीश कुमार चुडाल र सुर्खेतका मुख्य न्यायाधीश नहकुल सुवेदीको नाम सर्वोच्चको न्यायाधीशका लागि सिफारिस गरेको थियो ।
संसदीय सुनुवाइबाट नाम अनुमोदन भएमा चुडाल र सुवेदी सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त हुनु हुनेछ ।
प्रतिक्रिया