Main News

सुरुङ र पुल निर्माणको ठेक्का रद्द गर्न सेनालाई संसदीय समितिको निर्देशन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत १९ गते २०:४४
सुरुङ र पुल निर्माणको ठेक्का रद्द गर्न सेनालाई संसदीय समितिको निर्देशन (भिडियो रिपोर्टसहित)

१९ चैत २०७७ काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले काठमाडौं–तराई फास्ट ट्र्याकको सुरुङ र पुल निर्माण सम्बन्धी दोस्रो प्याकेजको ठेक्का प्रक्रिया रद्द्द गर्न नेपाली सेनालाई निर्देशन दिएको छ ।

सिंहदरबारमा आज बसेको समितिको बैठकले टेण्डर आह्वानको लागि प्रि–क्वालिफिकेसनको नतिजा निकालिएको मध्ये दोस्रो प्याकेजमा प्रतिस्पर्धा हुने नदेखिएको भन्दै रद्द गर्न निर्देशन दिएको हो ।

समितिले पुनः प्रि–क्वालिफिकेसन प्रक्रिया शुरु गर्न पनि भनेको छ । दोस्रो प्याकेजमा प्रि क्वालिफिकेशनका लागि एउटा मात्रै कम्पनी छनोट भएको देखिएकाले त्यसलाई रद्द गर्न निर्देशन दिइएको समितिका सचिव डाक्टर रोजनाथ पाण्डेले बताउनुभयो ।

नेपाली सेनाले दोस्रो प्याकेज अन्तर्गत मकवानपुरको धोन्द्रे स्थित सिम्पानीदेखि चालिसे खोल्सी सम्म १ दशमलव ३७ किलोमिटर र लेनडाँडा स्थित घट्टेपाखादेखि बाँदरेखोल्सी सम्म १ दशमलव ४ किलोमिटर सुरुङमार्ग र पुल निर्माणका लागि चीनको पोली च्याङ्दा इन्जिनियरिङ कर्पोरेसनलाई मात्र छनोट गरेको थियो ।

समितिले यसवारे नेपाली सेनाका अधिकारीसँग पनि जानकारी लिएको थियो । समितिले सार्वजनिक खरिद अनुगमन कार्यालयलाई यथासक्य छिटो निर्देशिका तयार गर्न पनि निर्देशन दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *