Main News

न्यायाधीश सिफारिस सुवेदीको योग्यता विवादमा सर्वोच्चले चैत ३० गते फैसला सुनाउने

हिमालय टिभी
२०७७ चैत १९ गते २०:२९
न्यायाधीश सिफारिस सुवेदीको योग्यता विवादमा सर्वोच्चले चैत ३० गते फैसला सुनाउने

१९ चैत २०७७ काठमाडौं । सर्वोच्च अदालतले सर्वोच्चकै न्यायाधीशमा सिफारिस नहकुल सुवेदीको योग्यता विवादमा चैत ३० गते फैसला सुनाउने भएको छ ।

सुवेदीको योग्यताको विषयमा प्रश्न उठाइ परेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले चैत ३० गते फैसला सुनाउन मिति तोकेको सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले जनाकारी दिनुभयो ।

हाल उच्च अदालत सुर्खेतको मुख्य न्यायाधीश रहेका सुवेदीलाई न्याय परिषदको फागुन २८ गते बसेको बैठकले सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको थियो ।

तर सुवेदीसँग सर्वोच्चको न्यायाधीश हुन संविधानले तोकेको योग्यता नभएको भन्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *