आज पनि देशका विभिन्न स्थानमा वर्षा हुने
१९ चैत २०७७ काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज पनि दिउँसोतिर देशका केही स्थानमा वर्षा हुने बताएको छ ।
स्थानीय वायुसँगै पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले आज बिहानै देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको तथा बाँकी भू–भागमा तुवाँलोको मात्रा रहेको महाशाखाले जनाएको छ ।
आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा हुने विभागको अनुमान छ । बाँकी भू– भूभागको मौसम भने सफा रहनेछ।
महाशाखाले जारी गरेको बुलेटिन अनुसार आज प्रदेश १, बागमती, र गण्डकी प्रदेशका पहाडी भू–भागमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।
यस्तै राति प्रदेश १, बागमती, र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
प्रतिक्रिया