Main News

वर्षा भएसँगै वायु प्रदुषणको मारमा परेका उपत्यकाबासीलाई केही राहत

हिमालय टिभी
२०७७ चैत १९ गते ७:३३
वर्षा भएसँगै वायु प्रदुषणको मारमा परेका उपत्यकाबासीलाई केही राहत

१९ चैत २०७७ काठमाडौं । हिजो साँझ परेको पानीले वायु प्रदूषणको मारमा रहेका काठमाडौं उपत्यकाबासीलाई केही राहत दिएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार उपत्यकाका साथै प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा वर्षा भएको छ । पश्चिमी वायुका साथै बंगालको खाडीमा बनेको न्यूनचापीय क्षेत्रको प्रभावले कतै धेरै र कतै हल्ला वर्षा भएको मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो ।

पछिल्लो समय सबैभन्दा धेरै तनहुँमा वर्षा भएको छ । तनहुँमा १६.६ मिलिमिटर पानी परेको छ । यस्तै गोरखामा १५.८ मिलिमिटर वर्षा भएको छ भने भक्तपुरको नगरकोटमा १२.२ मिलिमिटर वर्षा भएको छ ।

काठमाडौं उपत्यकामा ७.८ मिलिमिटर वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो वर्षाले आज प्रदूषण थोरै घट्ने महाशाखाले जनाएको छ । तर उपत्यका वरिपरीका जंगलमा डढेलो लाग्न कम नभए प्रदुषण कायमै रहने सम्भावना छ ।

प्रि–मनसुनको समयमा हावाले पाकिस्तान तथा भारतको राजस्थानको मरुभूमिबाट धुलोका कणहरु लिएर आउने गरेको छ । यो पटक चितवन, बारा, पर्सा, मकवानपुर क्षेत्रका वन जंगलमा लागेको डढेलोका कारण उपत्यकाको वायु थप प्रदूषित भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *