Main News

भेरोसेल खोप ४० देखि ५९ वर्ष उमेर समूहलाई लगाइने (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत १८ गते २०:३६
भेरोसेल खोप ४० देखि ५९ वर्ष उमेर समूहलाई लगाइने (भिडियो रिपोर्टसहित)

१८ चैत २०७७ काठमाडौं । विश्व अहिले कोरोना भाइरस संक्रमणको दोस्रो, तेस्रो लहरसँग जुधिरहेको छ । भारतका विभिन्न ठाउँमा कोरोनाको दोस्रो लहर देखिएसँगै नेपालमा पनि पुन कोरोनाको त्रास बढेको छ । त्यसैले पनि कोरोना विरुद्धको खोप लगाउन इच्छुक बढिरहेका छन् । तर सरकारसँग भने यसअघि खोप लगाएकालाई नै दोश्रो डोज दिन पर्याप्त खोप छैन ।

१७ लाख जनालाई कोरोनाविरुद्धको खोपको पहिलो डोज दिएर सरकारले अहिले खोप अभियान नै स्थगित गरेको छ । भारतले अनुदानमा दिएको १० लाख डोज, कोभ्याक्स सुविधामा पाएको ३ लाख ४८ डोज र भारतको सिरम इन्स्टिच्युटसँग १० लाख डोज खोप किनेर सरकारले अभियान थालेको थियो ।

तर सिरम इन्स्टिच्युटले दिने पर्ने थप १० लाख डोज समयमा नै नदिएपछि खोप अभियान प्रभावित भएको हो । नयाँ अभियान रोकिए पनि सरकारले यसअघि पहिलो चरणमा खोप लिएकालाई ४ लाख ३९ हजार जनालाई वैशाख ७ गतेदेखि दोश्रो डोजको खोप दिँदै छ । १७ लाखलाई दोश्रो डोज दिनु पर्ने भए पनि अब सरकारसँग ४ लाख ३९ हजार जनालाई मात्र पुग्ने खोप छ ।

४ लाख ४० हजार जनालाई दोश्रो डोज दिएपछि बाँकी रहने १२ लाख ६० हजार जनालाई दोश्रो डोज दिन सरकारसँग खोप छैन ।

यो बिचमा चीनबाट अनुदानमा ८ लाख डोज खोप आएको छ । तर त्यो खोप यसअघि भारतको कोभिशिल्ड खोप लगाएकालाई दोश्रो डोजका रुपमा दिन मिल्दैन । उनीहरुलाई दोश्रो डोज दिन भारतबाट कोभिशिल्ड नै ल्याउनु पर्ने हुन्छ । १० लाख कोभिशिल्डका लागि सरकारले पैसा समेत बुझाएको छ । तर त्यो खोप कहिले आउँछ केही टुंगो छैन ।

विज्ञहरुले खोप लगाएको ८ देखि १२ हप्तासम्म दोश्रो डोज लगाउनु उपयुक्त हुन्छ भनेका छन् । दोस्रो डोज लगाएपछि मात्रै खोपको प्रभावकारीता बढी हुने भएकाले खोप लगाउनै पर्ने उनीहरुको सुझाव छ ।

सरकारसँग अहिले चीनबाट अनुदानमा प्राप्त ८ लाख डोज खोप छ । पहिलो र दोस्रो डोज गरी यो खोप ४ लाखलाई दिइनेछ । कोरोनाको दोस्रो लहर आउने खतरा बढिरहेको समयमा खोपको महत्व झनै बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *