राजनीति

समानान्तर गतिविधि नरोके नेपाल–खनाल समूहमाथि थप कारबाहीको चेतावनी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत १८ गते १९:१३
समानान्तर गतिविधि नरोके नेपाल–खनाल समूहमाथि थप कारबाहीको चेतावनी (भिडियो रिपोर्टसहित)

१८ चैत २०७७ काठमाडौं । नेकपा एमालेको संस्थापन पक्षले समानान्तर गतिविधि नरोके नेपाल–खनाल पक्षलाई कारवाही गर्ने चेतावनी दिएको छ ।

संसद भवनमा पत्रकारसँग कुरा गर्दै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले पार्टीमा समानान्तर गतिविधि कायम राखे कारबाही हुने चेतावनी दिनुभयो । एमाले मन नपरे अर्को पार्टी खोल्न वा अर्को कुनै दलसंग जोडिन पनि ज्ञवालीले सुझाव दिनुभयो ।

एमालेभित्रै बसेर एमालेका नाममा समानान्तर गतिविधि हुनु कारवाहीको विषय भएको पनि ज्ञवालीले बताउनुभयो । समानान्तर संगठन खोलेर पार्टीको एकतालाई कमजोर पारेर गन्तब्यमा कसरी पुग्न सकिन्छ भन्दै उहाँले नेपाल खनाल समूहलाई प्रश्न पनि गर्नुभयो ।

एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल समूहले जिल्ला तहसम्म समानान्तर गतिविधि गरिरहेका बेला संस्थापनको चेतावनी आएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्