दोषी ठहर भएका निलम्बित सांसद चौधरीलाई छाड्न लागेकोमा संसदमा विरोध (भिडियो रिपोर्टसहित)
१८ चैत २०७७ काठमाडौं । सरकारले हत्या अभियोगमा दोषी ठहर भएका निलम्बित सांसद रेशम चौधरीलाई छोड्न लागिएको भन्दै संसदमा विरोध भएको छ ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले रेशम चौधरीलाई छोड्न लागिएको भन्दै विरोध गर्नुभएको हो । यसबारे उहाँले सरकारको धारणा पनि माग्नुभएको छ ।
सांसद पौडेलले सत्ताको सौदावाजीका लागि रेशम चौधरीलाई छोड्नु गलत भन्दै प्रधानमन्त्री र सरकारका तर्फबाट भैरहेका प्रयासमाथि प्रश्न उठाउनुभयो ।
तर सत्तारुढ नेकपा एमालेकी सांसद गंगा चौधरी सत्गौंवाले भने रेशम चौधरी लगायतका अरु ५८ जना निर्दोष र टीकापुर घट्ना राजनीतिक भएको दावी गर्नुभयो ।
अदालतबाट दोषी ठहर भई जेलमा रहेका चौधरीलाइ छोड्न सरकार सकारात्मक देखिएको छ । त्यसका लागि प्रधानमन्त्री ओलीले समेत जनता समाजवादी पार्टीका नेताहरुसँग छलफल गर्नुभएको छ ।
प्रतिक्रिया