Main News

सुरक्षा खतरा रहेको प्रधानमन्त्रीको अभिव्यक्तिमाथि संसदमा उठ्यो प्रश्न (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत १८ गते १५:१३
सुरक्षा खतरा रहेको प्रधानमन्त्रीको अभिव्यक्तिमाथि संसदमा उठ्यो प्रश्न (भिडियो रिपोर्टसहित)

१८ चैत २०७७ काठमाडौं । आफ्नो ज्यान खतरामा रहेको भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिका विषयमा नेपाली कांग्रेसले संसदमा प्रश्न उठाएको छ ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडुले प्रश्न उठाउनुभएको हो । बडुले गृह मन्त्रालयले प्रधानमन्त्रीको सुरक्षाका लागि थप के व्यवस्था गरेको छ ? भनेर सोध्नुभयो ।

प्रधानमन्त्रीको अभिव्यक्ति गैरजिम्मेवार भन्दै बडुले स्पष्टिकरण दिन माग गर्नुभयो ।

पोखरामा भएको पार्टीको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले फागुन १७ गते आफूलाई खतरा रहेको र ज्यान तलमाथि हुन सक्ने बताउनुभएको थियो । यही विषयलाई कांग्रेसले संसदमा उठाएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *