दुई जनाको ज्यान जाने बागलुङ घटनामा संलग्न चार जना पक्राउ

Himalaya Television
२०७७ चैत १८ गते १५:०८

दुई जनाको ज्यान जाने बागलुङ घटनामा संलग्न चार जना पक्राउ

१८ चैत २०७७ बागलुङ । बागलुङमा २ जनाको ज्यान जाने गरी भएको झडपमा संलग्न चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।

बडिगाड गाउँपालिका वडा नम्वर १० बल्देधुरीमा आइतबार होली खेल्ने क्रममा झडप हुँदा दुई जनाको मृत्यु भएको थियो ।

पक्राउ गरेकाको नाम प्रहरीले गोप्य राखेको छ । उनीहरुलाई बडिगाडको दर्लिङबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिनुभयो ।

गण्डकी प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालयको टोलीले घटनास्थलमै पुगेर अनुसन्धान गरिरहेको छ ।

आइतबारको झडपमा बागलुङको निसीखोला गाउँपालिका वडा नम्वर ७ का ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाईको मृत्यु भएको थियो । केही घाइते भएका छन् । मृतकका परिवारले शव बुझेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest Programs