Main News

कोरोना महामारीको प्रभावपछि वैदेशिक रोजगारीमा जानेकोे सङ्ख्या घट्यो

हिमालय टिभी
२०७७ चैत १८ गते ९:०२
कोरोना महामारीको प्रभावपछि वैदेशिक रोजगारीमा जानेकोे सङ्ख्या घट्यो

१८ चैत २०७७ काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को प्रभावपछि वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या घटेको छ ।

गत आर्थिक वर्षको चैत्रदेखि चालु आर्थिक वर्षको हालसम्म बैदेशिक रोजगारीमा जानेको सङ्ख्या करिब ४ लाख ४४ हजार २ सय २७ जनाले घटेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

अघिल्लो वर्ष ५ लाख ४५ हजार १७ जनाले श्रम स्वीकृत लिएका थिए । यो वर्षको चैत्र शुरु हुँदासम्म एक लाख ७ सय ९० जनाले मात्रै श्रम स्वीकृति लिएका छन् । जसमा महिला कामदारको सङ्ख्या ७ हजार ७ सय ६२ जना रहेको छ भने पुरुष कामदार भने ९३ हजार २८ जना रहेका छन् ।

यो वर्ष सबैभन्दा बढी कतार, साउदी अरब, दुवई, ओमान, र मलेसियाका लागि श्रम स्वीकृत लिएको वैदेशिक रोजगार विभागका सूचना अधिकारी महेन्द्रनाथ भट्टराईले जानकारी दिनुभयो ।

नेपालमा पछिल्लो समय कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । दैनिक औसतमा १ सय ५० का दरले कोरोना सङ्क्रमित थपिँदै गएपछि त्यसको प्रभाव फेरी सबै क्षेत्रमा देखिन थालेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *