लुम्बिनी प्रदेशको प्रदेशसभाको बैठक आज बस्दै
१८ चैत २०७७ काठमाडौं । लुम्बिनी प्रदेशको प्रदेश सभाको बैठक ६ महिनापछि आज बस्ने भएको छ।
बैठक दिउँसो १ बजे बस्ने प्रदेश सभा सचिव दुर्लभकुमार थापाले जानकारी दिनुभयो । आजको बैठकको कार्यसूची भने तय गरिएको छैन्।
गत शुक्रबारको मन्त्रिपरिषदको बैठकले चैत्र १८ गते प्रदेश सभाको सातौं तथा हिउँदे अधिवेसन बोलाउन प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।
गत असोज २० गते प्रदेशको स्थायी राजधानी र नामाकरण टुंगो लागेसँगै अधिवेशन सकिएको थियो। एउटा अधिवेशन अन्त्य भएको ६ महिनामा अर्को अधिवेशन बोलाउनैपर्ने संवैधानिक व्यवस्था छ।
चैत २० गते ६ महिना पुग्नै लाग्दा आजका लागि वैठक आह्वान गरिएको हो। अघिल्ला वर्ष हिउँदे अधिवेसन माघ महिनामै आह्वान भएपनि यो वर्ष मुलुकको केन्द्रीय राजनीतिमा आएको उतार चढावका कारण ढिलाई भएको हो।
प्रतिक्रिया