Main News

सभापति देउवा र अध्यक्ष प्रचण्डबीच भेटवार्ता

हिमालय टिभी
२०७७ चैत १७ गते २०:१४
सभापति देउवा र अध्यक्ष प्रचण्डबीच भेटवार्ता

१७ चैत २०७७ काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

सभापति देउवा निवास बुढानिलकण्ठमा आज अपराह्न भएको भेटवार्तामा उहाँहरूबीच मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।

विघटित प्रतिनिधिसभा सर्वोच्च अदालतले गत फागुन ११ गते पुनःस्थापना गरेपछि र फागुन २३ गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गठनका सम्बन्धमा सर्वोच्चले गरेको निर्णयपछि दलहरूबीच नयाँ सत्ता समीकरणबारे छलफल हुँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *