१७ चैत २०७७ काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले जस्ले आफ्ना मुद्दा सम्बोधन गर्छ उसैसँग सहकार्य हुने बताउनुभएको छ ।
काठमाडौंमा आज भएको कार्यक्रममा अध्यक्ष ठाकुरले प्रधानमन्त्री ओलीसँग आफुहरुको लगनगाँठो नगासिएको प्रष्टिकरण पनि दिनुभयो । सरकारभन्दा आफ्ना लागि मुद्दा सम्बोधन प्रमुख रहेको ठाकुरको दाबी छ ।
नयाँ सत्ता समीकरणमा निर्णायक मानिएको जनता समाजवादी पार्टीमा प्रधानमन्त्री ओलीसँग मिल्न नहुने मत बलियो छ । तर अध्यक्ष ठाकुरले आफ्ना माग पुरा गर्न सकारात्मक भएको भन्दै प्रधानमन्त्री ओलीलाई धन्यवाद दिनुभयो ।
अध्यक्ष ठाकुरले ठुला तीन दलबीचको झगडाका कारण मुलुकमा राजनीतिक अस्थिरता आएको आरोप पनि लगाउनुभयो ।