Main News

सरकारले थाल्यो थारु आन्दोलनकारी संगठनसँग वार्ता

हिमालय टिभी
२०७७ चैत १७ गते १७:२०
सरकारले थाल्यो थारु आन्दोलनकारी संगठनसँग वार्ता

१७ चैत २०७७ काठमाडौं । सरकारले आन्दोलनरत थारु समूदायका विभिन्न संगठनसँग वार्ता शुरु गरेको छ । यसैक्रममा आज सरकारी वार्ता टोली थारु कल्याणकारी सभाबीच वार्ता भएको छ ।

गृहमन्त्रालयमा भएको वार्ता सकारात्मक भएको बताइएको छ । सरकारी वार्ता टोलीका सदस्य प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले पहिलो चरणको वार्ता सौहार्दपूर्ण र सकारात्मक रहेको बताउनुभएको छ । ट्वीट गर्दै उहाँले अर्को चरणको वार्तामा छिट्टै बस्ने सहमति पनि भएको जनाउनुभएको छ ।

कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई सर्वश्वसहित जन्मकैदको सजाय सुनाइएका निलम्बित सांसद रेशम चौधरीको रिहाइको माग राखी आन्दोलनमा उत्रिएका विभिन्न समूहसँग वार्ता गर्न सरकारले गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा ३ सदस्यीय समिति बनाएको छ ।

आन्दोलनरत समूहले थरुहट आन्दोलनको क्रममा मारिएकालाई सहिद घोषणा गर्नुपर्ने, नेता कार्यकर्तामाथि लागेका मुद्दा फिर्ता गर्नुपर्ने, राज्यका विभिन्न निकायमा छुट्टै आरक्षणको व्यवस्था गर्नुपर्ने लगायतका १९ बुँदे माग राखेका छन् । सरकारले सबै माग पुरा गर्न सकारात्मक रहेको बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *