Main News

एमालेद्वारा सिरहाकी जानकीदेवी रामलाई रिक्त सांसद पदमा सिफारिस

हिमालय टिभी
२०७७ चैत १७ गते १५:०८
एमालेद्वारा सिरहाकी जानकीदेवी रामलाई रिक्त सांसद पदमा सिफारिस

१७ चैत २०७७ काठमाडौं । नेकपा एमालेले सिरहाकी जानकीदेवी रामलाई रिक्त सांसद पदका लागि सिफारिस गरेको छ ।

समानुपातिक निर्वाचन पद्धतिबाट निर्वाचित भएकी सानु शिवाको मृत्यु भएपछि रिक्त स्थानमा जानकीदेवीलाई सिफारिस गरिएको एमाले मुख्य सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो ।

पार्टी अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले सांसद निर्वाचित गर्नका लागि निर्वाचन आयोगमा पत्र पठाएको भट्टराईले जानकारी दिनुभयो ।

सांसद सानु शिवाको २०७७ साल असोज २८ गते निधन भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *