Main News

वरिष्ठ साहित्यकार श्रेष्ठको निधन

हिमालय टिभी
२०७७ चैत १७ गते १३:५९
वरिष्ठ साहित्यकार श्रेष्ठको निधन

१७ चैत २०७७ मस्को । वरिष्ठ सहित्यकार कृष्णप्रकाश श्रेष्ठको निधन भएको छ । उहाँको ८३ वर्षको उमेरमा सोमबार मास्कोको एक अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

उहाँ काठमाडौंको चुनिखेलमा जन्मनु भएका श्रेष्ठ पत्रकार पनि हुन् । उहाँले मास्को लोमोनोसोभ विश्वविद्यालयबाट १९६३ मा पत्रकारितामा स्नातकोत्तर गरेका थिए ।

उहाँ रेडियो मस्कोको नेपाली कार्यक्रममा समाचारवाचक हुनुहुन्थ्यो । उहाँले विदेशमा नेपाली भाषा र साहित्यको विकासमा ठुलो योगदान पुर्‍याउनु भएको छ ।

उहाँका ‘पुस्किनको जिन्सी’ खण्डकाव्यको रचनाका साथै लेर्मोन्तोभ, तुर्गनेभ, तोल्स्तोय, शोलोखोभ, हम्तोभतलगायत विदेशी लेखकका उपन्यास र काव्यहरुको नेपाली भाषामा अनुवाद कृति छन् ।

रुसको राजधानी मस्कोमा रहेर साहित्य सिर्जना र पत्रकारिता गरिरहनु भएका श्रेष्ठलाई सन २००३ मा जगदम्बाश्री पुरस्कार प्रदान गरिएको थियो । उहाँ देश तथा विदेशमा विभिन्न पुरस्कार र सम्मानबाट सम्मानित हुनु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *