राजनीति

अध्यक्ष ओलीमाथि नै प्रश्न उठाउँदै एमाले उपमहासचिव भुसालले दिए स्पष्टिकरणको जवाफ ((भिडियो र पूर्णपाठसहित)

हिमालय टिभी
२०७७ चैत १७ गते १३:१७
अध्यक्ष ओलीमाथि नै प्रश्न उठाउँदै एमाले उपमहासचिव भुसालले दिए स्पष्टिकरणको जवाफ ((भिडियो र पूर्णपाठसहित)

१७ चैत २०७७ काठमाडौं । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि प्रश्न उठाउँदै स्पष्टिकरणको जवाफ दिनुभएको छ ।

एघार पन्ने स्पष्टिकरण दिँदै भुसालले अध्यक्ष ओलीमाथि केही गम्भीर प्रश्न उठाउनुभएको छ । ओलीले पार्टी विभाजन गर्न खोजेको भन्दै भुसालले कसका बलमा, कसका लागि यो सबै गर्दै हुनुहुन्छ ? भनेर सोध्नुभएको छ ।

आज पार्टी अध्यक्ष ओलीलाई जवाफ पठाएका भुसालले आफूहरुलाई सोधिएको स्पष्टिकरणलाई कंगारु अदालतको संज्ञा दिनुभएको छ । यसको जवाफ दिन आवश्यक नभए पनि आरोप कति पूर्वाग्रही छन् र कति झूठा छन् भनेर जानकारी दिन पत्र लेखेको पनि भुसालले उल्लेख गर्नुभएको छ ।

उपमहासचिव भुसालले पार्टी अध्यक्ष ओलीले नै विधान उल्लंघन गरेको र एमालेमा विभाजनको रेखा कोरेको आरोप लगाउनुभएको छ ।

दशौं राष्ट्रिय महाधिवेशन आयोजक समिति, अध्यक्षको हैसियत र निर्णयहरु नै अवैध भएको भन्दै उहाँले ओलीलाई नवौं महाधिवेशनले निर्वाचित गरेको अध्यक्षबाहेकका अन्य हैसियतमा स्वीकार नगर्ने समेत भुसालले लेख्नुभएको छ ।

भुसालले अध्यक्ष केपी शर्मा ओलीलाई आज वा भोलि वा पर्सी दण्डित हुनुपर्ने चेतावनी पनि दिनुभएको छ । भुसालले अध्यक्ष ओली व्यक्तिवादको घोर नशामा रहेको भन्दै ब्युँझिनसमेत सुझाव दिनुभएको छ ।

भुसालले सत्ता र शक्तिको भोगको हिसाबले तपाईंले पाउन अझै के बाँकी छ ? भनेर सोध्दै पार्टीलाई अगाडि बढ्न दिनुस् भनेर पनि आग्रह गर्नुभएको छ । भुसालले ओलीले आफूहरुलाई शत्रु देशको नागरिकलाई झैँ व्यवहार गरेको आरोप समेत लगाउनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्