Main News
सामान्य बदली रही आजको मौसम सामान्यतया सफा रहने
२०७७ चैत १७ गते ९:१९

१७ चैत २०७७ काठमाडौं । आंशिकदेखि सामान्य बदली रही आज मुलुकका हिमाली र तराई क्षेत्रमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
स्थानीय वायुसँगै पश्चिमी वायुकोसमेत आंशिक प्रभाव रहेको पहाडी क्षेत्रमा पनि आंशिकदेखि सामान्यत बदली हुने देखिएको छ । अहिले पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदलीको अवस्था छ भने बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।
आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने छ। पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना छ ।
राति पनि पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।
प्रतिक्रिया