Main News

वायु प्रदुषणका कारण आन्तरिक उडान ४० प्रतिशत प्रभावित

हिमालय टिभी
२०७७ चैत १७ गते ९:१३
वायु प्रदुषणका कारण  आन्तरिक उडान ४० प्रतिशत प्रभावित

१७ चैत २०७७ काठमाडौं । काठमाडौँ उपत्यकालगायत मुलुकभरका सहरमा वायु प्रदुषणको मात्रा एक्कासी बढेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलबाट हुने आन्तरिक उडान ४० प्रतिशत प्रभावित भएको छ ।

जहाज सुरक्षित अवतरण हुन यान्त्रिक भिजिवलिटी १६ सय मिटर आवश्यक भए पनि गत शुक्रबारदेखि तुवाँलोले ढाकेपछि उडानहरू प्रभावित भएका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रतापबहादुर तिवारीका अनुसार गत आइतबार १ सय ९ वटा उडानमध्ये ४१ वटा उडान रद्द भएका थिए भने शनिबार १ सय १५ उडानमध्ये ५० वटा उडान रद्द भएका थिए ।

तुवाँलोकै कारण अन्तर्राष्ट्रियभन्दा पनि आन्तरिक उडान प्रभावित बनेको उहाँको भनाइ छ । जहाज उडान र अवतरणका लागि पाँच किलोमिटर र यान्त्रिक उडानका लागि १६ सय मिटर पारदर्शिता आवश्यक हुन्छ ।

तर दुई किलोमिटर र यान्त्रिक उडानका लागि पाँच सय मिटरसम्म पारदर्शिता कम भएको विमानस्थलले जनाएको छ । लामो समय सुख्खा भएको र पानी नपरी हावा नचलेपछि उपत्यकालगायतका मुख्य सहरधुम्म हुँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *