थरुहट आन्दोलनकारीसँग सरकारले वार्ता गर्ने, तीन सदस्यीय वार्ता टोली गठन (भिडियो रिपोर्टसहित)

Himalaya Television
२०७७ चैत १६ गते १६:०२

थरुहट आन्दोलनकारीसँग सरकारले वार्ता गर्ने, तीन सदस्यीय वार्ता टोली गठन (भिडियो रिपोर्टसहित)

१६ चैत २०७७ काठमाडौं । सरकारले रेशम चौधरी लगायतका बन्दीहरु रिहाइको माग गर्दै आन्दोलनरत पक्षसँग वार्ता गर्ने भएको छ ।

आज मन्त्रिपरिषद्ले गरेको निर्णय सुनाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले आन्दोलनरत पक्षसँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा ३ सदस्यीय वार्ता टोली गठन गरिएको बताउनु भएको हो ।

वार्ता टोलीका अन्य सदस्यहरुमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई र पूर्व सांसद भगवती चौधरी रहनुभएको छ । थारु कल्याणकारी सभा, थरुहट÷थारुवान संयुक्त संघर्ष समिति र केन्द्रीय आन्दोलन परिचालन समितिले राखेको १९ बुँदे माग सम्बोधन गर्नका लागि वार्ता टोली गठन गरिएको मन्त्री गुरुङले स्पष्ट पार्नुभयो ।

थरुहट आन्दोलनरत पक्षले लामो समयदेखि रेशम चौधरी लगायतका बन्दीहरुको रिहाइको माग गर्दै आइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest Programs