Main News

सिके राउतलाई ३५ दिनभित्र उपस्थित नवलपरासी जिल्ला अदालतको आदेश

हिमालय टिभी
२०७७ चैत १६ गते १५:०७
सिके राउतलाई ३५ दिनभित्र उपस्थित नवलपरासी जिल्ला अदालतको आदेश

१६ चैत २०७७ नवलपरासी । नवलपरासी जिल्ला अदालतले जनमत पार्टीका नेता सिके राउतलाई ३५ दिनभित्र हाजिर हुन सूचना जारी गरेको छ।

घर पत्ता नलागेको भन्दै अदालतले गोरखापत्रमा सार्वजनिक सूचना प्रकाशित गरेर सिके राउत भनिने डाक्टर चन्द्रकान्त राउतलाई राज्यविरूद्धको संगठित अपराध कसुरमा ३५ दिनभित्र हाजिर हुन सूचना जारी गरेको हो ।

राउत सरकारसँगको सहमतिपछि एक वर्षअघि शान्तिपूर्ण राजनीतिमा आउनुभएको थियो । रौतहट महादेव गाउँपालिका वडा नम्बर २ घर भई हाल जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ बस्ने राउतलाई हाजिर हुन भन्दै नआए कानूनअनुसार हुने सूचनामा उल्लेख छ ।

राउत विरुद्धको मुद्दामा म्याद तामेली हुन नसकेपछि यस्तो सूचना जारी गरेको जिल्ला अदालतले जनाएको छ । राउत नेतृत्वको समूह र सरकारबीच २०७५ फागुन २४ गते ११ बुँदे सहमति भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *