Main News

यस्तो छ काठमाडौंमा मेलम्चीको पानी वितरणको तालिका (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत १५ गते २०:४१
यस्तो छ काठमाडौंमा मेलम्चीको पानी वितरणको तालिका (भिडियो रिपोर्टसहित)

१५ चैत २०७७ काठमाडौं । मेलम्चीको पानी एक दिन बिराएर धारामा आउने छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले महांकालचौर र मिनभवनको ट्यांकीबाट पानी बितरण गर्ने तालिका नै सार्वजनिक गरेको छ ।

९ बजेदेखि दिउँसो ३ बजेसम्म यो पानी सिफल, कुटुबहाल, कालोपुल, मालीगाउँ र विशाल नगर क्षेत्रमा वितरण हुनेछ । देवकोटा सडक, बत्तीस पुतली, जय बागेश्वरी, चाबहिल क्षेत्रमा भने दिउँसो १२ बजेदेखि बेलुकी ७ बजेसम्म पानी आउनेछ । राति ८ बजेदेखि १२ बजेसम्म मैतीदेवी, घट्टेकुलो र डिल्लीबजार क्षेत्रमा पानी दिइनेछ ।

अर्को दिन राति २ बजेदेखि बिहान ८ बजेसम्म इनबहाल, ज्याँठा, भोटाहिटी, कमलाक्षी र नक्साल क्षेत्रमा मेलम्चीको पानी आउनेछ । बिहान १० बजेदेखि ४ बजेसम्म बानेश्वर, सिनामंगल, मिलनचोक र संगम चोक क्षेत्रमा पानी आउनेछ ।

यस्तै बिहान १० बजेदेखि ४ बजेसम्म नै जय बागेश्वरी, मित्र पार्क, चावहिल, रातोपुल, कालीमाटी डोलमा पानी आउनेछ । बेलुकी ५ बजेदेखि मध्यराति १२ बजेसम्म चारखाल, डिल्लीबजार, कमलादी, बागबजार, त्रिपुरेश्वर क्षेत्रमा पानी आउनेछ ।

मिनभवनमा रहेको ट्यांकीबाट बिहान र बेलुकी पानी वितरण गरिने । बिहान ४ बजेदेखि ७ बजेसम्म काठमाडौं महानगरपालिका वडा नम्बर १० शंखमूल पश्चिमतर्फ र विनायकनगरका क्षेत्रहरु, कुरिया गाउँका क्षेत्रहरु र हनुमानस्थानका क्षेत्र, थापागाउँ बानेश्वर हाइटका क्षेत्र र सीडीयो टोलका क्षेत्रमा पानी वितरण गरिनेछ ।

यसैगरी बेलुका ५ बजेदेखि ७ बजेसम्म सुविधानगर, बासुकीनगर, श्रृखंला गल्ली, डाँफेचरी मार्ग, आलोकनगर, श्रीनगर, दोभान, सहयोगीनगर, पँधेरोमार्गका क्षेत्रहरु, प्रयागमार्ग, नापीहाइट र श्रीनगर १ र २ तथा शान्तिनगर गैरीगाउँका क्षेत्रहरु, अन्तर्राष्ट्रिय सम्मेल केन्द्र क्षेत्रमा पानी वितरण हुनेछ ।

बिहान ४ बजेदेखि ७ बजेसम्म( शंखमूलरोड पूर्व, सुरुची टोल, गणेशमार्ग, विज्ञान मार्ग, हनुमान मार्ग, बुद्ध मार्ग, भावना मार्ग, शान्ति मार्ग, हेम्स अस्पतालका क्षेत्रहरु र मध्यमार्गमा पानी वितरण हुनेछ ।

प्रतिक्रिया

One thought on “यस्तो छ काठमाडौंमा मेलम्चीको पानी वितरणको तालिका (भिडियो रिपोर्टसहित)

  1. याे मेलम्चि काे पानी काठमाडाैं मा मात्र अाउने हाे कि ललितपुर, भक्तपुरमा पनि अाउनेहाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *