Main News

मह जोडीले जिते यो वर्षको महामुर्खको उपाधि, मन्त्री सोनललाई मुर्ख शिरोमणिको उपाधि ( भिडियो र फोटो फिचरसहित)

हिमालय टिभी
२०७७ चैत १५ गते १९:१२
मह जोडीले जिते यो वर्षको महामुर्खको उपाधि, मन्त्री सोनललाई मुर्ख शिरोमणिको उपाधि ( भिडियो र फोटो फिचरसहित)

१५ चैत २०७७ जनकपुरधाम । मिथिलामा होलीको पूर्वसन्ध्यामा हरेक वर्ष घोषणा हुने महामुर्खको उपाधि यस वर्ष चर्चित हाँस्य कलाकार ‘मह’ जोडीले पाएका छन् ।

आज जानकी मन्दिरको प्राङ्गणमा मैथिली भाषा, कला र मनोरञ्जनको क्षेत्रमा काम गर्ने मिथिला नाट्य कला परिषद (मिनाप)ले गरेको महामुर्ख सम्मेलनमा मह जोडीलाई महामुर्खको उपाधि प्रदान गरिएको हो ।

‘हाम्रो विचारमा मह जोडी भए पनि दुईजना होइन एकै जना हो’ मिनापका अध्यक्ष परमेश झाले भने, ‘मह जोडीलाई यो सम्मान दिन पाउँदा मिनाप र मलाई आफै औधी खुसी छ ।’

त्यसैगरी सोही अवसरमा प्रदान गरिने विभिन्न मानपदवीमा यस वर्ष मुर्ख शिरोमनीको उपाधि प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनललाई प्रदान गरिएको छ । त्यसैगरी चित्रकार एससी सुमनलाई तरघुस्का, मैथली विकाष कोषका अध्यक्ष जिवनाथ चौधरीलाई पटमुर्खको उपाधि दिइएको छ ।

जसपा नेता राजिव झालाई वंशकुरहिर, वडा अध्यक्ष सुदर्शन सिंहलाई बैशाखानन्द, शंकर साहलाई मुसरीलाल, अशोक दत्तलाई बोतलानन्द, शितल साहलाई ढोरवा, विन्दु ठाकुरलाई खापसुरती, वीरेन्द्र कर्णलाई बज्रकिट, डा. सुजित झालाई सिलौटानन्द, वीरेन्द्र साहलाई लोरहाशंकर, सुरेश शर्मालाई हरसंख, मेघनाथ यादवलाई चौपटानन्द र शेषनारायण यादवलाई चोन्हमाको उपाधि दिइएको छ ।

मह जोडीले यो आफुहरुका लागि अहिलेसम्मकै उत्कृष्ट सम्मान रहेको भन्दै यो सम्मान घरमा प्राथमकिताका साथ लगाउने प्रतिबद्वता जाहेर गर्नु भएको छ ।

समाज र देशको लागि विभिन्न क्षेत्रमा रहेर राम्रो काम गर्ने गरेका चर्चित व्यक्तित्वहरुलाई मिनापले होलीको अवसरमा हरेक वर्ष महामुर्ख सम्मेलनको आयोजना गरी व्यङ्गयात्मक शैलीमा सम्मान गर्ने गरेको छ । जसमा महामुर्खको उपाधि सबैभन्दा उच्च सम्मान हुने गरेको छ । मिनापले प्रत्येक वर्ष दुई दिवसीय होरी महोत्सव अन्तर्गत पहिलो दिन होरैया गायन र दोस्रो दिन महामुर्ख सम्मेलनको आयोजना दशकौंदेखि गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *