Main News
शुक्रबारदेखि बढेको काठमाडौंको वायु प्रदुषण अझै केही दिन रहने
२०७७ चैत १५ गते १८:४०

१५ चैत २०७७ काठमाडौं । काठमाडौँ उपत्यकालगायत देशका विभिन्न स्थानमा शुक्रबारदेखि बढेको वायू प्रदुषण अझै केही दिन रहने देखिएको छ ।
प्रदुषणको मात्रा अत्याधिक बढेकाले केही समयसम्म प्रदुषण यस्तै रहने वा अझै खराबसमेत हुने सम्भावना रहेको विज्ञहरुले बताएका छन् ।
शनिबार राती केही घटेको एयर क्वालिटी इन्डेक्स फेरि आज बिहानदेखि बढेको छ । बाहिरबाट धुवाँ, काठमाडौंमै चल्ने सवारीको प्रदुषण र धुलो कम नभएकाले समस्या हट्न नसकेको विज्ञले बताएका छन ।
काठमाडौंको वायु प्रदुषण घटाउन एक्सन प्लन नै बनाइए पनि कार्यान्वयन नहुँदा समस्या बढेको वातावरणविद् राजन थापाले बताउनुभयो ।
चैत १३ गतेदेखि वायू प्रदुषण निकै बढेको छ ।
प्रतिक्रिया