Main News

तस्वीरमा हेर्नुस् काठमाडौंको वसन्तपुरको होली

हिमालय टिभी
२०७७ चैत १५ गते १४:२६
तस्वीरमा हेर्नुस् काठमाडौंको वसन्तपुरको होली

१५ चैत २०७७ काठमाडौं । आज फागुन शुक्ल पूर्णिमा अर्थात रङहरुको पर्व होली मनाइँदैछ । आज हिमाली र पहाडी जिल्लाहरुमा होली मनाइँदैछ ।

तराईका जिल्लाहरुमा भने सोमबार मात्रै होली मनाइन्छ । हिमाल, पहाड र तराईमा गरी फरकफरक दिन मनाउने गरिए पनि पर्वको शुरुआत भने होलीको चीर ठड्याइएको दिनदेखि हुन्छ । यस वर्ष काठमाडौंको बसन्तपुरमा चैत्र ८ गते चीर ठड्याइएको थियो ।

त्रेतायुगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रल्हादलाई मार्नको लागि ब्रम्हाबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई झिकाई प्रल्हादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैं जलेर भष्म भएको र प्रल्हादको भक्तिका कारण आगोले छुन नसकेको कथा होलीपर्वसँग जोडिएको र पापी प्रवृति भएकी होलीकाको मृत्यु भएको खुशियालीमा परापूर्वकाल देखि होली मनाइँदै आएको कथन छ ।

चीर ठड्याइएको स्थान बसन्तपुरमा आइतबार दिउँसो पुग्दा सर्वसाधारणहरुले उल्लाहसका साथ होली खेलिरहेको देखिएको छ । सरकारले कोरोनाको दोस्रो लहर शुरु हुन सक्ने भन्दै भिडभाड नगर्न आग्रह गरेपनि मानिसहरु बसन्तपुर क्षेत्र पुगेर रङ खेलेका थिए ।

धालसिक्व मानन्धर सनाःगु खलका सचिव गजेन्द्रप्रसाद मानन्धरले आज बेलुका नै ठड्याइएको चीरलाई ढालिने बताउनुभयो । चीर ढाल्नका लागि ७ बजेर ३७ मिनेटको साइत निस्किएको पनि उहाँले बताउनुभयो ।

त्यसपछि गर्जोपल्टन सहितको टोलीले बसन्तपुर–इन्द्रचोक–न्युरोड हुँदै टुँडीखेल सम्म पु¥याएर राती ८ बजेर ५३ मिनेटमा चीरको विधिपूर्वक दाह गरिने पनि सचिव मानन्धरले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *