Main News

पूर्वमन्त्री जोशीको पशुपति आर्यघाटमा अन्त्येष्टि

हिमालय टिभी
२०७७ चैत १४ गते १९:०६
पूर्वमन्त्री जोशीको पशुपति आर्यघाटमा अन्त्येष्टि

१४ चैत २०७७ काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री नवीन्द्रराज जोशीको अन्त्येष्टि गरिएको छ ।

पशुपति आर्यघाटमा अन्त्येष्टिका लैजानुअघि उहाँको शवलाई बिहान ११ बजेसम्म उहाँकै निवास वसन्तपुरको याट्खा र त्यसपछि कांग्रेस केन्द्रीय कार्यालयमा राखिएको थियो ।

कांग्रेससहित विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता तथा जोशीका शुभेच्छुकले सानेपामा गएर जोशीप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् ।

जोशीप्रति श्रदाञ्जली अर्पण गर्दै उनीहरुले देशले एक इमान्दार व्यक्तिलाई गुमाएको बताए । उनीहरुले जोशीको योगदानलाई स्मरण पनि गरे ।

मष्तिष्कघात भइ काठमाण्डौको नर्भिक अस्पतालमा उपचाररत जोशीको गएराति निधन भएको हो । भेन्टिलेटरको सहयोगमा उपचाररत जोशीको हिजो बिहानदेखि नै मुटुले काम गर्न छाडेको थियो ।

पूर्व उद्योगमन्त्रीसमेत रहेका नेता जोशी काठमाडौंमा लोकप्रिय नेता हुनुहुन्थ्यो । ५७ वर्षीय जोशीकै पहलमा नेपाल औषधि लिमिटेड पुनः सञ्चालनमा आएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *