Main News

कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु, ८५ जना संक्रमित थपिए

हिमालय टिभी
२०७७ चैत १४ गते १६:५६
कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु, ८५ जना संक्रमित थपिए

१४ चैत २०७७ काठमाडौं । कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कुल संक्रमित मृतकको संख्या ३ हजार २७ पुगेको छ।

पछिल्लो पटक ८५ जना कोरोना संक्रमित थपिएका छन् । तीमध्ये काठमाडौंमा मात्रै ३७ जना संक्रमित थपिए । योसँगै कुल संक्रमितको संख्या २ लाख ७६ हजार ७ सय ५० जना पुगेको मन्त्रालयले जनाएको छ।

जसमध्ये १ हजार २ सय ८८ जना सक्रिय संक्रमित छन् । २ हजार ७ सय ४५ जनाको पिसिआर परीक्षण गर्दा ८५ जनामा कोरोना पुष्टि भएको हो । पछिल्लो पटक ९३ जना संक्रमणमुक्त भएका छन् ।

यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७२ हजार ४ सय ३५ जना पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *