Main News

बाक्लो तुवाँलोका कारण बिहान अन्तरिक तथा बाह्य उडान प्रभावित

हिमालय टिभी
२०७७ चैत १४ गते १३:२३
बाक्लो तुवाँलोका कारण बिहान अन्तरिक तथा बाह्य उडान प्रभावित

१४ चैत २०७७ काठमाडौं । वायु प्रदूषणका कारण भिजिबिलिटी कम हुँदा आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका आन्तरिक तथा बाह्य उडान एवम् अवतरण प्रभावित भएको छ।

विमानको उडान–अवतरणका लागि कम्तीमा १६ सय मिटर भिजिबिलिटी आवश्यक पर्छ । वायु प्रदुषणका कारण आज एक हजार मिटर मात्रै भिजिबिलिटी भएसँगै बिहानैदेखि उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ ।

सामान्य अवस्थामा बिहान ६ बजेदेखि नै उडान तथा अवरण हुने गरेकोमा आज ११ बजेसम्म विमानस्थल ठप्प भएकव हो । भिजिबिलिटी नहुँदा मेलसियाको क्वालालम्बपुरबाट आएको हिमायलन एअरलायन्सको जहाज भारतको बनारस डाइभर्ट भएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिनुभयो ।

अहिले भने अन्तर्राष्ट्रिय उडानका अवतरण शुरु भएको विमानस्थल कार्यालयले जानकारी दिएको छ । मलेसियाबाट आएको नेपाल एअरलायन्स र दुबईबाट आएको हिलमायलन एअरलायन्सको विमान अवतरण गरिएको छ ।

अहिले भिजिबिलिटी केही बढेकाले आन्तरिक उडान शुरु गरिएको छ । हिजो आन्तरिक तर्फ कुल २२ वटा उडान रद्द भएको थियो। हिजो दिउँसोदेखि काठमाडौँको वायुमा धुँवा मिसिँदा धुम्मिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *