Main News

काठमाडौंको आकाशमा हानिकारक तुवाँलो कायमै, घरबाहिर ननिस्कन आग्रह

हिमालय टिभी
२०७७ चैत १४ गते ७:२१
काठमाडौंको आकाशमा हानिकारक तुवाँलो कायमै, घरबाहिर ननिस्कन आग्रह

१४ चैत २०७७ काठमाडौं । प्रदूषणमा डढेलोको धुवाँ मिसिँदा काठमाडौंको आकाश तुँवालोले ढाकेको छ । दक्षिण एसियामै उच्चचापीय प्रणाली मजबुत बनेर वायुमण्डल स्थिर बनिदिँदा वातावरण सुक्खा बनेको थियो ।

यही बेला डढेलो तथा आगलागीको धुवाँले प्रदूषण ह्वात्तै बढाइदिएको हो । बिहीबार ४५ जिल्लाका चार सय ७९ र शुक्रबार ५४ जिल्लाका चार सय ३७ स्थानमा डढेलो लागेको दक्षिण एसियाली डढेलो नियन्त्रण सञ्जालको तथ्यांक छ ।

हिजो दिउँसो २ बजेदेखि एकाएक आकाश धुम्म हुन थालेसँगै हावाको अवस्था अति अस्वस्थकर देखाएको छ । अपराह्नमा भैँसेपाटी स्टेसनमा वायुको एयर क्वालिटी इन्डेक्स ३ सय २८ देखि ४ सय ४३ पुगेको छ। भक्तपुरमा २१४, रत्नपार्कमा १६९ र फोहोरा दरबार क्षेत्रमा २०४ पुगेको छ ।

हावाको गुणस्तर २०० नाघ्नुलाई अतिअस्वस्थकर र ३०० नाघ्नुलाई खतरनाक मानिन्छ। २०० नाघेमा वृद्धावृद्ध, बालबालिकालाई घरबाहिर ननिस्कन अलर्ट जारी गर्ने गरिन्छ भने ३०० नाघेमा सबै उमेर समूहका नागरिकको स्वास्थ्यमा असर पार्न ठानिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *