Main News
संसदको चालु अधिवेशन अन्त्य गर्ने सरकारको तयारी (भिडियो रिपोर्टसहित)
२०७७ चैत १३ गते १८:४०
१३ चैत २०७७ काठमाडौं । सरकारले संसदको चालु अधिवेशन अन्त्य गर्ने तयारी गरेको छ । संसदलाई काम नदिएको सरकारले पुनर्स्थापित संसदको अधिवेशन कुनै काम नगरी अन्त्य गर्ने तयारी गरेको छ ।
नेकपा एमाले संसदीय दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले छिट्टै संसद अधिवेशन अन्त्य गर्ने जानकारी दिनुभएको हो ।
पुनर्स्थापित संसदलाई कामविहीन बनाएर असफल बनाउन खोजेको आरोप लागिरहेका बेला प्रधानमन्त्री ओलीले संसद अधिवेशन अन्त्यको तयारी गर्नुभएको छ ।
विपक्षी दलहरुले आफैले विघटन गरेको संसद पुनर्स्थापित भएकाले प्रधानमन्त्रीबाट असफल बनाउने कोशिस भैरहेको आरोप लगाउँदै आएका छन । एमाले संसदीय दलको आजको बैठकमा सांसदहरुसँग बजेटका विषयमा सुझाव मागिएको छ ।
प्रतिक्रिया