Main News

नारायणघाट–बुटवल सडक खण्ड आयोजनाको निर्माण बेलैमा सक्न निर्देशन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत १३ गते १८:२५
नारायणघाट–बुटवल सडक खण्ड आयोजनाको निर्माण बेलैमा सक्न निर्देशन (भिडियो रिपोर्टसहित)

१३ चैत २०७७ काठमाडौं । संसदीय समितिले नारायणघाट–बुटवल सडक खण्डको निर्माण कार्य तोकिएकै समयभित्र सक्ने गरी काम अगाडी बढाउन सरकारलाई निर्देशन दिएको छ ।

प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिको बैठकले नारायणघाट–बुटवल सडक खण्ड आयोजनाको निर्माण बेलैमा सक्न सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो ।

पूर्वतयारी बिना काम अगाडी बढाएको निष्कर्ष निकाल्दै समितिले सबै प्रक्रिया पुरा गरी काम गर्न भनेको छ । तोकिएकै समयभित्र निर्माण कार्य सम्पन्न गर्नेगरी काम शुरु गर्न निर्देशन दिएको हो ।

समितिले नेपालमा सञ्चालनमा रहेका आयोजनाको होडिङ बोर्ड सहित कागजातहरु अंग्रेजी भाषामा हुँदा आम नागरिकले नबुझ्ने भएकाले नेपाली भाषामा लेख्ने व्यवस्था गर्न पनि सरकारलाई निर्देशन दिएको छ ।

समितिले नारायणघाट–बुटवल सडक खण्डको स्थलगत अवलोकन गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *