Main News

नेपालमा फेरि बढ्न थाल्यो कोरोना संक्रमित र मृतकको संख्या

हिमालय टिभी
२०७७ चैत १३ गते १७:२१
नेपालमा फेरि बढ्न थाल्यो कोरोना संक्रमित र मृतकको संख्या

१३ चैत २०७७ काठमाडौं । कोरोना संक्रमण र मृत्युदर बढ्न थालेको छ । संक्रमणबाट पछिल्लो पटक चार जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

दैनिक मृत्युको यो संख्या केही सातायताकै धेरै हो । नेपालमा कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या तीन हजार २४ पुगेको छ ।

पछिल्लो पटक ४ हजार ४ सय १६ जनाको पिसिआर परीक्षण गर्दा १ सय ५६ जना संक्रमित थपिएका छन् । यो सँगै कुल संक्रमितको संख्या २ लाख ७६ हजार ६ सय ६५ जना पुगेको मन्त्रालयले जनाएको छ । सबै भन्दा धेरै काठमाडौंमा ५५ जना संक्रमित भेटिएका छन् ।

थप ७० जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेको संख्या २ लाख ७२ हजार ३ सय ४२ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *