Main News

ओली नेतृत्वको सरकारको विकल्प दिन ढिला भइसक्योः अध्यक्ष यादव (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत १३ गते १३:१३
ओली नेतृत्वको सरकारको विकल्प दिन ढिला भइसक्योः अध्यक्ष यादव (भिडियो रिपोर्टसहित)

१३ चैत २०७७ बुटवल । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले केपी ओली नेतृत्वको सरकारको विकल्प दिन ढिलो भइसकेको बताउनु भएको छ ।

बुटवलमा आज भएको कार्यक्रममा अध्यक्ष यादवले प्रधानमन्त्री ओलीले फेरि संसद विघटन गर्न सक्ने भएकाले तत्काल पदबाट हटाउनुपर्ने बताउनुभयो । उहाँले वैकल्पिक सरकार दिन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अग्रसरता लिनुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले संविधानमाथि प्रहार गरेपछि अहिले संसदलाई विजनेश नदिएर असफल पार्न लागि परेको पनि अध्यक्ष यादवले आरोप लगाउनुभयो ।

सरकारसँग पार्टी नेताले गरेको वार्ता रेशम चौधरीसहित राजबन्दीको रिहाई र पार्टी नेता कार्यकर्ताको मुद्दा फिर्ताका लागि मात्र भएको भन्दै यादवले आफुहरु ओली नेतृत्वको सरकारमा सहभागी नहुने प्रष्ट पार्नुभयो ।

अध्यक्ष यादवले सत्ता समीकरणलाई लिएर जनता समाजवादी पार्टी नफुट्ने पनि दावी गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *