Main News

मुलुकका पहाडी भेगमा मेघगर्जनसहित वर्षाको सम्भावना

हिमालय टिभी
२०७७ चैत १३ गते ९:००
मुलुकका पहाडी भेगमा मेघगर्जनसहित वर्षाको सम्भावना

१३ चैत २०७७ काठमाडौं । स्थानीय र पश्चिमी वायुको प्रभावक कारण आज मुलुकका पहाडी भेगमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

हाल देशका पहाडी भू–भागमा आंशिक बदलीको अवस्था छ भने अन्य भू–भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज अपराह्नपछि प्रदेश १ का पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

शनिबार र आइतबार पनि पहाडी भेगमा वर्षाको पूर्वानुमान गरिएको महाशाखाले विहान जारी गरेको तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *