Main News

अर्थमन्त्री पौडेलले भने–अब लकडाउन हुँदैन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत १३ गते ६:३९
अर्थमन्त्री पौडेलले भने–अब लकडाउन हुँदैन (भिडियो रिपोर्टसहित)

१३ चैत २०७७ काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड संक्रमण रोकथामका लागि लकडाउन नहुने स्पष्ट पार्नुभएको छ ।

कोभिड–नाइन्टिनको दोस्रो लहरबाट जोगिनुपर्ने अवस्था सँगसँगै आर्थिक सामाजिक क्रियाकलापलाई पनि नियमित गर्नुपर्ने भन्दै उहाँले स्वास्थ्य मापदण्डलाई कडाईका साथ पालना गराउने तर लकडाउन र सीमा नाका बन्द नगरिने बताउनुभयो ।

पोहोर लकडाउन गरेका कारण देशको अर्थतन्त्रमा नकारात्मक असर परेको छ । कोरोना महामारी र लकडाउनका कारण बन्द भएका कतिपय व्यवसाय अझै शुरु हुन सकेका छैनन् ।

त्यसैले लकडाउन नगर्न विज्ञले पनि सुझाव दिँदै आएका छन् । अर्थमन्त्री पौडेलले कोरोना खोप खरिदका लागि बजेट अभाव हुन नदिने पनि स्पष्ट पार्नुभएको छ । उहाँले खोप ल्याउन सरकारले सक्दो पहल गरिरहेको समेत बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *