Main News

राति ९ बजेपछि हुने सबै कार्यक्रम रोक्ने सरकारी तयारी

हिमालय टिभी
२०७७ चैत १३ गते ६:११
राति ९ बजेपछि हुने सबै कार्यक्रम रोक्ने सरकारी तयारी

१३ चैत २०७७ काठमाडौं । सरकारले कोरोनाको जोखिम बढेको भन्दै राति ९ बजेपछि हुने सबैखाले कार्यक्रम र जमघट बन्द गर्ने तयारी गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीलाई सक्रिय गराउँदै कार्यक्रम र जमघट बन्द गर्ने सहितका ९ बुँदे निर्णय गरेको हो । सीसीएमसीको निर्णय गृहमन्त्रालयले कार्यान्वयन गर्नुपर्नेछ ।

स्वास्थ्य मन्त्रालयले भारतबाट नेपाल प्रवेश गर्ने नाकामा निगरानी बढाउने र केन्द्रबाट अनुगमन गर्ने, अन्तर्राष्टिय विमानस्थलमा स्वास्थ्य परीक्षण र सक्रियता बढाउने निर्णय पनि गरेको छ ।

संक्रमण देखिएकालाई छुट्टै सवारी साधनमा होम आइसोलेसनसम्म पुर्यामउने, भिडभाड हुने कार्यक्रम बन्द गर्न लगाउने, सचेतनाका कार्यक्रम बढाउने तथा विद्यालयमा अनिवार्य स्वास्थ्य मापदण्ड पालना गर्न लगाउने र शिक्षा मन्त्रालयबाट अनुगमन गर्ने निर्णय पनि सीसीएमसीले गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *