Main News
देशभर क्वारेन्टिन र आइसोलेसन सेन्टरको विवरण संकलन गर्दै गृहमन्त्रालय
२०७७ चैत १२ गते ८:०१

१२ चैत २०७७ काठमाडौं । गृह मन्त्रालयले देशभरिका क्वारेन्टिन र आइसोलेसन सेन्टरको अवस्थाबारे विवरण संकलन गर्न थालेको छ ।
भारतमा कोरोना भाइरसको संक्रमण बढिरहेका बेला फेरि क्वारेन्टिन र आइसोलेसन आवश्यक पर्न सक्ने भन्दै विवरण संकलन थालेको मन्त्रालयले जनाएको छ ।
गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले ७७ वटै जिल्लाका क्वारेन्टिन र आइसोलेसन सेन्टरबारे विवरण अपडेट गराउन परिपत्र गरिएको जानकारी दिनुभयो ।
परिपत्रमा सीमा नाकामा आउजाउ गर्नेको अभिलेख राख्न र स्वास्थ्य जाँच गर्न पनि भनिएको छ ।
केही दिनअघि स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गरी कोरोना संक्रमण फैलिन सक्ने भएकाले भिडभाड, सभा, जुलुस नगर्न आह्वान गरेको थियो ।
प्रतिक्रिया