Main News

फेरि लकडाउन गर्नुपर्ने अवस्था आउने भएकाले सतर्कता अपनाउन सरकारको आग्रह (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत ११ गते १९:०५
फेरि लकडाउन गर्नुपर्ने अवस्था आउने भएकाले सतर्कता अपनाउन सरकारको आग्रह (भिडियो रिपोर्टसहित)

११ चैत २०७७ काठमाडौं । सरकारले कोरोना संक्रमण बढे फेरि लकडाउन गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै त्यस्ता गतिविधि नगर्न अपील गरेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा सह प्रवक्ता डाक्टर समीरमणि अधिकारीले लकडाउनको अवस्था आउन नदिन र कोरोना संक्रमणबाट बच्नका लागि आवश्यक उपाय अपाउन अपील गर्नुभयो । आवश्यकता परे फेरि लकडाउन हुन सक्ने उहाँले जानकारी दिनुभयो ।

स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले यस वर्षको होली पनि घरमै बसेर मनाउन सबैलाई अपील गरेको छ । संक्रमण बढेको हुँदा होली घरमै भीडभाड नगरी मनाउन मन्त्रालयको अनुरोध गरेको छ ।

चैत १५ गते पहाडमा र १६ गते तराईमा होली मनाइँदैछ। यस्तै भारतबाट आउने नेपाली नागरिकबाट संक्रमण फैलिन नदिनका लागि सीमा क्षेत्रमा आवश्यक प्रबन्ध गर्न पनि मन्त्रालयले आग्रह गरेको छ ।

भारतमा पछिल्लो पटक कोरोना संक्रमण बढेपछि नेपालमा पनि फेरि संक्रमणको नयाँ लहर आउने जोखिम बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *