Main News

भारतमा कोरोना बढेकाले नेपालमा पनि आवश्यक सतर्कता अपनाउन सुझाव (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत ११ गते १८:३६
भारतमा कोरोना बढेकाले नेपालमा पनि आवश्यक सतर्कता अपनाउन सुझाव (भिडियो रिपोर्टसहित)

११ चैत २०७७ काठमाडौं । कोरोना रोकथामका लागि सरकारले गरेका कामकारबाहीको अनुगमन गर्न गठित संसदीय उपसमितिले भारतमा फेरि कोरोना संक्रमण बढेको भन्दै आवश्यक सतर्कता अपनाउन सुझाव दिएको छ ।

शिक्षा तथा स्वास्थ्य समिति मातहतको उपसमितिले नेपालमा फेरि कोरोना संक्रमण बढ्न सक्ने भन्दै सतर्कता अपनाउन र नागरिकलाई खोपको व्यवस्था गर्न सरकारलाई भनेको हो ।

समितिले कोभिड नाइन्टिनजस्ता संक्रामक रोगको उपचार र नियन्त्रणको लागि सबै प्रदेश र केन्द्रमा आवश्यक सुविधासहितको संरचना तयार पार्न पनि सरकारलाई भनेको छ ।

उपसमितिले महामारी र विपदमा स्थानीय तहको भूमिका बढाउन तथा तीनै तहका राज्य संरचनालाई ध्यान दिई छुट्टै ऐन ल्याउन पनि सुझाव दिएको छ ।

शिक्षा तथा स्वास्थ्य समितिले गत भदौ ९ गते कोभिड–१९ को सम्बन्धमा सरकारले गरेका कामकारबाहीको अनुगमन गर्न सांसद जीवनराम श्रेष्ठको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गरेको थियो ।

त्यो उपसमितिले कोभिडसँग सम्बन्धित देशभरका अस्पताल, प्रयोगशाला र क्वारेन्टाइनहरुको स्थलगत अनुगमन गरी १८ बुँदे सुझाव सहितको प्रतिवेदन आज समिति सभापति जयपुरी घर्तीलाई बुझाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *