Main News

आज पनि देशका विभिन्न स्थानमा मौसम बदली हुने

हिमालय टिभी
२०७७ चैत ११ गते ९:०३
आज पनि देशका विभिन्न स्थानमा मौसम बदली हुने

११ चैत २०७७ काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको बताएको छ ।

पश्चिमी वायुको प्रभावका कारण देशका केही स्थानमा आंशिक बदलीसहित वर्षा हुने महाशाखाले जनाएको छ । हाल देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भू–भागको मौसम सफा रहेको पनि महाशाखाले जनाएको छ ।

यस्तै आज दिउँसो देशका पश्चिमी पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने र बाँकी भू–भागमा पनि आंशिक बदली रहने छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ ।

त्यसैगरी राति पनि पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने र केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको हुनाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *