Main News

भारतमा कोरोनाको दोस्रो लहर, नेपाल उच्च जोखिममा

हिमालय टिभी
२०७७ चैत ११ गते ७:२४
भारतमा कोरोनाको दोस्रो लहर, नेपाल उच्च जोखिममा

११ चैच २०७७ काठमाडौं । भारतमा कोरोना संक्रमणको दोस्रो लहर फैलिएकाले नेपाल फेरि झस्किएको छ । भारतमा महाराष्ट्र, गुजरात, राजस्थान, पन्जाब र केरलामा संक्रमण उच्च गतिमा बढेको छ ।

दिल्ली सरकारले होलीका कार्यक्रममा प्रतिबन्ध लगाएको छ भने राजस्थानमा रात्रिकालीन कर्फ्यु लागू गरिएको छ । भारतमा हिजो मात्रै ४७ हजार ३९ नयाँ संक्रमित भेटिएका छन् । यो साढे चार महिनायताकै उच्च हो ।

यसरी पछिल्ला दिनमा कोरोना संक्रमण उच्च भएको छ । जबकी जनवरी, फेब्रुअरीमा यो संख्या १० हजारभन्दा तल झरेको थियो । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट दुई सय ७५ जनाको मृत्यु भएको छ । मृत्यु पनि तीन महिनाकै उच्च हो ।

भारतमा मात्र नभई विश्वका अन्य देशमा पनि पछिल्लो सातादेखि कोरोना संक्रमण पुनः उकालो लागेको छ । अमेरिकामा कोरोना भाइरसविरुद्ध तीनवटा खोप फाइजर, मोडर्ना र जोनसोन एन्ड जोनसोन खोप लगाउने क्रम जारी छ ।

कोभिडविरुद्धको खोपपछि पनि संक्रमण नियन्त्रणमा आउन सकेको छैन । अमेरिकामा अहिलेसम्म पाँच लाख ५५ हजार जनाको मृत्यु भएको छ । विश्वभर यो महामारीबाट २७ लाख २८ हजारको ज्यान गएको छ । संक्रमणको सूचीमा ब्राजिल दोस्रो छ । त्यहाँ पनि एक सातायता संक्रमण झन् बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *