राजनीति

स्पष्टिकरणको सट्टा ओलीसँग सामूहिक रुपमा यस्तो जवाफ माग्दै नेपाल पक्ष

हिमालय टिभी
२०७७ चैत १० गते ८:०३
स्पष्टिकरणको सट्टा ओलीसँग सामूहिक रुपमा यस्तो जवाफ माग्दै नेपाल पक्ष

१० चैत २०७७ काठमाडौं । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विधान उल्लंघन गरेको आरोपसहित स्पष्टिकरणपत्र पठाएपछि माधवकुमार नेपाल पक्षले उल्टै ओलीलाई गल्ती गरेको भन्दै त्यसको जवाफ माग गरेर सामूहिक पत्र लेख्ने भएको छ।

ओलीले हिजो महासचिव ईश्वर पोखरेलको नाममा नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई केही छुट्टै र केही साझा आरोपसहित स्पष्टिकरण पत्र पठाउनु भएको थियो ।

पत्रमा सोधिएका प्रश्नहरुको जवाफ तीन दिनभित्र लिखितरुपमा पेश गर्नुपर्ने अन्यथा विधानबमोजिम कारवाही गर्ने चेतावनी दिइएको छ। तर पत्र प्राप्त भइसकेपछि आन्तरिक छलफल तीव्र पारेको नेपाल पक्षले स्पष्टिकरण पत्रको जवाफ नदिने बरु ओलीलाई यो बीचमा उहाँले गरेका गल्ती समावेश गरेर त्यसको जवाफ माग्ने निर्णय गरेको हो।

नेपाल पक्षका नेता घनश्याम भुसालले आफूहरुले ओली पक्षबाट स्पष्टिकरण पत्र प्राप्त गरेपनि त्यसको जवाफ दिन आवश्यक नरहेको बरु उल्टै ओलीलाई आफूहरुले यो बीचमा गरेका गल्तीको जबाफ लिखितरुपमा माग्ने निर्णय गरेको बताउनुभयो ।

नेता भीम रावलले अवैध र नक्कली केन्द्रीय कमिटी बैठकको निर्णयका आधारमा सोधिएको स्पष्टिकरण पत्रको जवाफ दिन आवश्यक नभएको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्