Main News

सामुदायिक रेडियोहरुले राजनीतिक दलको काम गरेको मन्त्री गुरुङको आरोप (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत ९ गते १६:५२
सामुदायिक रेडियोहरुले राजनीतिक दलको काम गरेको मन्त्री गुरुङको आरोप (भिडियो रिपोर्टसहित)

९ चैत २०७७ काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सामुदायिक रेडियो आफ्नो मर्म अनुरुप नचलेको भन्दै नियमन आवश्यक रहेको बताउनुभएको छ ।

सामुदायिक रेडियो प्रसारक संघ, नेपालको २० औँ स्थापना दिवसको अवसरमा भएको कार्यक्रममा मन्त्री गुरुङले सामुदायिक रेडियोले सामाजिक रुपान्तरणका लागि नभइ राजनीतिक पार्टीको प्रतिस्पर्धाका लागि काम गरिरहेको आरोप लगाउनुभयो ।

सरकारले सामुदायिक रेडियोको नियमन गर्दा विरोध हुने भन्दै उहाँले सामुदायिक रेडियो प्रसारक संघलाई नै नियमन गर्न आग्रह गर्नुभयो ।

मन्त्री गुरुङले सामुदायिक रेडियोले उत्पादन गर्ने समाचार तथा अन्य सामग्रीको विषयमा पनि नीतिगत रुपमा बहस गर्नुपर्ने बताउनुभयो । सामुदायिक रेडियोको मर्म र भावना अनुरुपको उत्पादन गर्ने एजेण्डा सामुदायिक रेडियोको हुनुपर्नेमा उहाँको जोड छ ।

मन्त्री गुरुङले मन्त्रालयको फ्रिक्वेन्सी समितिले राष्ट्रिय फ्रिक्वेन्सी स्ट्राटेजी प्लान बनाउने निर्णय गरेको जानकारी दिनुभयो । मन्त्रालयले सेवाग्राहीको हितमा गर्ने सम्पूर्ण काम अब केही दिनमा नै अनलाइनबाटै गर्न सकिने व्यवस्था गर्न लागेको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *