राजनीति

बालुवाटार पुगेर विप्लवले प्रधानमन्त्रीलाई सोधे–सहमति कार्यान्वयन भएको खै ?

हिमालय टिभी
२०७७ चैत ९ गते १६:३३
बालुवाटार पुगेर विप्लवले प्रधानमन्त्रीलाई सोधे–सहमति कार्यान्वयन भएको खै ?

९ चैत २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटार पुगेर विप्लवले प्रधानमन्त्रीसँग भेटवार्ता गर्नुभएको हो । भेटमा विप्लवले आफूहरुबीच भएको सहमति कार्यान्वयन गर्न प्रधानमन्त्रीसँग माग गर्नुभएको छ ।

विप्लवले प्रधानमन्त्री ओलीसमक्ष फागुन २० गते भएको तीन बुँदे सहमति अन्तर्गत आफ्ना नेता कार्यकर्ता रिहा गर्न र मुद्दा फिर्ता लिन आग्रह गरेका गर्नुभएको छ ।

प्रधानमन्त्री र महासचिव विप्लवबीच करिब एक घण्टा भेटवार्ता भएको र जोड दिएको नेकपाका केन्द्रीय सदस्य उदयबहादुर चलाउने ुदीपकुले जानकारी दिनुभयो ।

भेटमा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा पनि छलफल भएको बुझिएको छ। सरकार र नेकपाबीच फागुन २० गते शान्तिपूर्ण राजनीतिमा आउने सहमति भएर २१ गते विप्लव सार्वजनिक हुनुभएको थियो ।

सहमति अनुसार सरकारले नेकपामाथिको प्रतिबन्ध हटाएको थियो । सहमतिमा नेता कार्यकर्ता रिहा गर्ने र मुद्दा फिर्ता गर्ने सहमति भएपनि सरकारले कार्यान्वयन नगरेको भन्दै नेकपाले असन्तुष्टि जनाउँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्