Main News

क्रिकेट रंगशाला निर्माणमा सहयोग जुटाउन धुर्मुस–सुन्तली फाउण्डेशनको मेची–महाकाली अभियान

हिमालय टिभी
२०७७ चैत ९ गते १४:५५
क्रिकेट रंगशाला निर्माणमा सहयोग जुटाउन धुर्मुस–सुन्तली फाउण्डेशनको मेची–महाकाली अभियान

९ चैत २०७७ काठमाडौं । चितवनको भरतपुरमा निर्माण भैरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा आर्थिक सहयोग जुटाउन मेची–महाकाली अभियान शुरु गरिने भएको छ ।

धुर्मस–सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको रंगशालामा आर्थिक समस्या पर्दै गएपछि अभियान शुरु गर्न लागिएको हो । चैत १० गते पश्चिमको कन्चनपुरबाट अभियानको शुभारम्भ गर्न लागिएको धुर्मस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मसले जानकारी दिनुभयो ।

महाकाली नदीको किनारबाट यो अभियान सुरु हुने छ । अभियानमा सहभागी हुने टोलीलाई आज विहान रंगशालामा काम गर्ने मजदुरहरुले टीका, मालासहित ४ हजार ४ सय ५ रुपैयाँ सहयोग गरेर बिदाइ गरे ।

महाकाली नदी, लुम्बिनी र मेची नदीको माटो ल्याएर रंगशालाको मैदानमा राख्ने योजना बनाइएको छ । रंगशाला निर्माण सबै जसो जिल्लाको सहभागिता, अपनत्व र योगदान रहोस् भनेर मेची महाकाली अभियान सुरु गर्न लागिएको धुर्मुसले जानकारी दिनुभयो ।

रंगशालामा ७७ वटै जिल्लाका कोठा रहने छन् । महाकालीबाट सुरु गर्न लागिएको अभियान कन्चनपुर, कैलाली, बर्दिया, बाँके, दाङ, सुर्खेत, कपिलवस्तु, रुपन्देही, परासी, नवलपुर र चितवनसम्म आउने छ ।

रंगशालामा केही समय रोकिएपछि फेरि पूर्वी जिल्लाको अभियान सुरू गरिने फाउण्डेशनका अध्यक्ष धुर्मुसले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *