Main News

किसानलाई नोक्सान नहुने गरी विदेशी लगानी भित्राउनुपर्नेमा कृषिमन्त्रीको जोड (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत ९ गते १४:३४
किसानलाई नोक्सान नहुने गरी विदेशी लगानी भित्राउनुपर्नेमा कृषिमन्त्रीको जोड (भिडियो रिपोर्टसहित)

९ चैत २०७७ काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री पद्मा अर्यालले किसानलाई नोक्सान नहुने गरी कृषि क्षेत्रमा विदेशी लगानी भित्राउनुपर्ने बताउनुभएको छ ।

खाद्यका लागि कृषि अभियानले गरेको कार्यक्रममा मन्त्री अर्यालले कृषि क्षेत्रको विकासका लागि ठूलो लगानी जरुरी भएकाले देशका किसानलाई नोक्सान नहुने गरी कृषिमा विदेशी लगानी ल्याउनु पर्ने बताउनुभयो ।

मन्त्री अर्यालले कोरोना महामारीका कारण रोजगारी गुमाएर स्वदेश फर्किएका युवाका लागि कृषि क्षेत्रमा नै रोजगारी सिर्जना गर्ने गरी काम गरिरहेको दाबी पनि गर्नुभयो ।

कृषि तथा पशुपन्छी विकास मन्त्री अर्यालले पछिल्लो समयमा कृषि क्षेत्र उकालो लागेको दाबी पनि गर्नुभयो । उहाँले तत्काल नै रासायनिक मललाई विस्थापित गर्न नसकिने भएकाले प्राङ्गारिक मलको उत्पादन गर्न अभियान चलाउनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *