राजनीति

ओली पक्षले सोध्यो वरिष्ठ नेता नेपालसहित चार जना नेतासँग स्पष्टिकरण

हिमालय टिभी
२०७७ चैत ९ गते १३:०८
ओली पक्षले सोध्यो वरिष्ठ नेता नेपालसहित चार जना नेतासँग स्पष्टिकरण

९ चैत २०७७ काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित ४ नेतालाई अध्यक्ष केपी शर्मा ओली पक्षले स्पष्टीकरण सोधेको छ ।

केन्द्रीय कमिटीको निर्णय अनुसार पार्टीको नीतिविपरीत गतिविधि गरेको आरोपमा वरिष्ठ नेता नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरणका लागि ओली पक्षले आज पत्र पठाएको हो।

एमाले केन्द्रीय कार्यालयका सचिव ईश्वर रिजालले आज बिहान चारै नेतालाई पत्र पठाइएको जानकारी दिनुभयो ।

एमालेको अनुशासनभन्दा बाहिर गएर सामानान्तर कमिटी निर्माण गरेको, भेलासहित अन्य गतिविधि गरेको विषयमा प्रश्न सोधिएको छ। वरिष्ठ नेता नेपाललाई पठाइएको चार पृष्ठ लामो स्पष्टीकरणमा १७–बुँदे प्रश्नहरु सोधिएको बताइएको छ ।

तीन दिनभित्र स्पष्टिकरण बुझाउन भनिएको छ । स्पष्टिकरण पत्र पठाइएपछि एमालेको नेपाल खनाल पक्ष आगामी रणनीति बनाउन आन्तरिक छलफलमा जुटेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्